Public Pana
काठमाण्डौ १६ नम्वर वडाअध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन,  निमोनिया कन्ट्रोल गर्न नसक्दा ज्यान गयो

काठमाडौं महानगरपालिका(१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।डेंगुबाट सक्रिमित रिजालको काठमाण्डौको ग्राण्डीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डेंगुका कारण गम्भीर बिरामी परेका रिजाललाई आफन्तले भारतको दिल्ली लैजान तयारी गरेपनि अवस्था निकै कमजोर भएपछि भारत लैजाने प्रयास असफल भएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेपनि अवस्था क्रिटिकल भएपछि भेन्टीलेटरमा राखिएको थियो, स्रोतले भन्यो निमुनियाको समस्या पनि देखियो अवस्थामा सुधार आउन सकेन । उहाँको आज विहान निधन भयो ।

उनलाई समयमै भारत लगिएको भए स्वास्थ्यमा सुधार आउन सक्ने थियो, ग्राण्डीका एक चिकित्सकले भने नेपालमा जति उपचार गर्छु भनेपनि सिमित स्रोत साधन र मेडिकल बिज्ञता भारतसँग तुलना कहिले हुन सक्दैन ।

उनको निमोनिया नियन्त्रण गर्न नसक्दा निधन भएको ति डाक्टले बताए । नेपालमा जति ठुला अस्पताल भएपनि उपचार क्षमता निकै कमजोर भएको स्वयंम चिकित्सकहरु नै स्वीकार्छन ।

रिजाललाई ५ दिनअघि मात्र दिल्ली लैजान सकिएको भए उनको स्वास्थ्यमा सुधार ल्याउन सकिने ति चिकित्सको भनाई छ । रिजालको पार्थिव शरीरलाई आज अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभामा राख्ने तयारी गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update