Public Pana
टीआरसीका लागि प्रचण्ड, देउवा र ओलीको बैठक, सहमति भएन 

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई संसद्बाट पारित गराउने विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले सभामुखसहित तीन दलसँग छलफल गरेका छन् ।
 

हिजो बुधबार सभामुख देवराज घिमिरेसँग छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे ।
 

ओलीले एकपटक अध्ययन गर्ने र साथीहरूसँग छलफल गर्ने बताएपछि टीआरसीका विषयमा कुनै निर्णय हुन सकेन ।
 

कांग्रेस सभापति देउवाले पनि विधेयकमा साझा समझदारी कायम गरेर जान आग्रह गरे ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update