Public Pana
नेपालको आफ्नै स्याटेलाइटको लागि २० करोड बजेट

नेपालको आफ्नै स्याटेलाइट राख्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०-८१ मा २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
 

प्राधिकरणले पारित गरेको बजेटअनुसार परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त गर्न १० करोड रुपैयाँ र नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न १० करोड रुपैयाँसहित २० करोड रुपैयाँ छुट्याएको हो ।

नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन नियम तथा रणनैतिक योजनाहरु तयार गर्ने एवं स्याटेलाइट स्थापना, संचालन एवं व्यवस्थापन सम्बन्धमा प्रतिवेदन प्राप्त गर्ने गत आवको निरन्तरता हो भने नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने नयाँ कार्यक्रममा हो ।

प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन नियम तथा रणनैतिक योजनाहरु तयार गर्ने एवं स्याटेलाइट स्थापना, संचालन एवं व्यवस्थापन सम्बन्धमा प्रतिवेदन प्राप्त गर्ने र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिनेछ ।
 

प्रथम त्रैमासिकमा परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त गर्न १० करोड रुपैयाँ र दोस्रो त्रैमासिकमा स्याटेलाइट डिजाइनिङ, लन्चिङ, ग्राउन्ड स्टेशन निर्माणका लागि सरकार समक्ष पेश गर्ने प्राधिकरणको योजना छ ।
 

नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तेस्रो त्रैमासिकमा स्याटेलाइट डिजाइनिङ, लन्चिङ, ग्राउन्ड स्टेशन निर्माणका लागि सरकारको निर्देशन बमोजिम काम गर्ने प्राधिकरणले बजेटमा जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update