Public Pana
एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्नँ : वामदेव


राजनीतिक नेता एंव पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।
 

आज बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् । 
 

उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।
 

राजनीतिक व्यक्तिको हत्या गर्नु  गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे ।

उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update