Public Pana
सुदूरपश्चिम प्रदेशको राजधानीको नाम र स्थान परिवर्तन हुने : मुख्यमन्त्री शाह

सुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन् ।
डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिक उत्सव कार्यक्रमका लागि डडेल्धुरा पुगेका मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।


प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ । उक्त क्षेत्रमा वनको विवाद भएकाले संरचना निर्माण गर्न सकिएको छैन’ ।

राजधानीको विषयमा सर्वपक्षीय छलफल र संघीय सरकारसँग परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शाहले अबको केही समयमै सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने दाबीसमेत गरेका छन् । 

मुख्यमन्त्री शाहले आवश्यक भएमा प्रदेशको नाम पनि परिवर्तन गर्न सकिने विषय भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update