Public Pana
सामाखुसीमा ‘मट्का फुटाउने’ प्रतियोगिता 

कृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मट्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ ।
 

सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना भएको हो ।
 

वि.सं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको छ ।
 

मट्का निकै माथि डोरीमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ ।
 

यसवर्ष ११ पटकको प्रयासपछि उक्त मट्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 
 

आजै साना बालबालिकाका लागि घैंटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो ।

घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही १ हजार रुपैयाद्धारा पुरस्कृत गरिएको हो ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update