Public Pana
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको  रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update