Public Pana
बजारमा अनुगमन तिब्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका मुख्य क्षेत्रमै रहेका व्यापारिलाई कारबाहि प्रकृया अगाडी बढाएको छ । 

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बिक्री गरेको भन्दै सार्वजनिक मुद्दा लगाएको हो ।
विभागले म्याद सकिएको काजु र किसमिसमा नयाँ मिति राखेको भेटेपछि अर्का एक व्यवसायीलाई तीन र अर्का व्यवसायीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।

अधिकारीहरूका अनुसार अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्रीमा नयाँ विवरणहरू टाँसेर ‘रिलेबलिङ’ गरेको पाइएकोले कारबाहि गरिएको हो । 

यद्यपि व्यापारीका सङ्गठनहरूले त्यस्तो आरोपको खण्डन गर्ने गर्छन् ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर पनि अनुगमनका क्रममा ‘रिलेबलिङ’ गरेका सामान भेटिनुले कतिपय उत्पादक तथा आयातकर्ताहरू यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने बताउँछन् ।

वास्तवमा भन्ने हो भने नेपालको कानुनले खाद्यवस्तुमा लेबल नलगाई बिक्री गर्न रोक लगाएको छ ।

त्यस्तो लेबलमा उत्पादकको नाम, ठेगाना, उत्पादन र उपभोग मितिलगायतका कुरा उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यसै गरी विभिन्न मिश्रणयुक्त खाद्यवस्तुमा त्यस्तो मिश्रणको मात्रा पनि खुलाउनुपर्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनले गरेको छ। 

यद्यपि तरकारी, फलफूलसहित खुला रूपमा बिक्री वितरण गरिने खाद्यवस्तुमा लेबल अनिवार्य गरिएको छैन ।
 

त्यसैले ग्राहकहरु चनाखो भएर होसियारका साथ सोधखोज गरिमात्र खरिद गर्नुपर्ने हुन्छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update