Public Pana
सेमिफाइनल पुगिसकेका नेपाल र यूएईले अंक बाँडे 

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) ले अंक बाँडेका छन् ।
 

समूह ‘ए’ अन्तर्गत बुधबारका लागि तय भएको नेपाल र यूएईबीचको वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन् ।
 

यससँगै यूएई र नेपाल अपराजित टिमको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । दुवै टिमले समान चार–चार खेलमा जित हात पारेका थिए ।
 

तर नेट रनरेटमा माथि रहेका कारण यूएई भने समूह विजेता तथा नेपाल समूहको उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।


 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update