Public Pana
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते नहुने - सूचना सहित

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति ३ दिनपछि सरेको छ ।
 

असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो ।
 

ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ ।
 

असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन् ।
 

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी ( ००४१) र दोस्रो दिन अनिवार्य नेपाली ( ००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ ।  
 

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । यो परीक्षा असोज १० गते बुधबार सञ्चालन हुने छ ।

121693967674.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update