Public Pana
सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै शैक्षिक संस्था

काठमाडौं महानगरपालिकाको चेतावनीविपरित आज बुधबार सार्वजनिक बिदाको दिनपनि महानगर क्षेत्रका धेरै निजी कलेज सञ्चालन भएका छन् । 
 

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजकि बिदा दिएको छ । तर, सरकारी बिदामा पनि काठमाडौंका धेरै निजी कलेजले पढाइ सञ्चालन गरेका छन् ।
 

केही दिनअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न निजी कलेजका सञ्चालकहरुलाई चेतावनी दिएको थियो ।  
 

सरकारले सार्वजनिक बिदा दिएपनि काठमाडौं महानगरका कतिपय निजी कलेजले भने आजपनि बिदा दिएका छैनन् । 
 

गएको शुक्रबार परेको सापारु र रोपाइँ जात्राको अवसरमा काठमाडौं महानगरपालिकाले  नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो । 
 

तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाको शिक्षा शाखाले विज्ञप्ति निकालेर बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको थियो । 

निर्णय उलंघन गर्दै खुलेका विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update