Public Pana
क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ

सामाजिक सञ्जालमार्फत क्यानडामा आकर्षक रोजगारीको अवसर देखाएर गठी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
 

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका ४ का ३० वर्षीय महावीरप्रसाद साह छन् ।
 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
 

क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइने, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक,पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
 

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
hatkadi1693958222.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update