Public Pana

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले देशका सबै भूगोल र समुदायलाई समेटेर मात्रै कानुन निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताएकि छन् ।
 

मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उनले देशको भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरूले कुनै पनि कानुनको निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गरिन ।


मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरूले सरकारलाई आवश्यकता  अनुसार सचेत गराउनुपर्ने दाबी गरिन् ।
 

बैठकमा सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update