Public Pana

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

आज मंगलवार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले  विद्यमान ऐन नियममा सुधार र  प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए ।

उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गरे ।

सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।

समितिका २७ जना सांसदहरुले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने उनले बताए ।

उनले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update