Public Pana

पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलाले नेपाल भूगोलका हिसाबले सानो भएपनि सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक भएको बताएका छन् ।
 

काठमाण्डौ स्कूल अफ ल तथा युवा समृद्धि अभियान नेपालको संयुक्त आयोजनामा भक्तपुर ठिमीमा भएको गाइजात्रा पर्वका अवसरमा बोल्दै उनले नेपालमा ६ वटा सभ्यता र १ सय ३० भन्दा बढी भाषा संसारका कुनै पनि मुलुकमा नभएको दाबी गरे ।
 

परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै संग्रौलाले बौद्ध धर्म मात्र नभएर किरात धर्मको उद्गम थलो पनि काठमाण्डौं नै रहेको उल्लेख गरे ।
 

बौद्ध धर्मका कतिपय ग्रन्थहरु नेवारी भाषामा लेखिएकाले नेवारी भाषासँग अन्य संस्कृतिको पनि सम्बन्ध रहेको उनले बताए ।
 

काठमाडौंको संस्कृति मासेर नेपालीको पहिचान नाश गर्न खोजिएको आरोप लगाउदै उनले च्यासल,मन्दिर र ढुंगे धाराको संरक्षण नहुदा नेपालीको पहिचान क्षयीकरण हुदै गएको बताए।

संस्कृतिलाई माया गर्न नसक्ने हो भने सभ्यताको संरक्षण नहुने संग्रौलाको भनाई थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update