Public Pana
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ ।
 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच आज मंगलबार वार्ता भएको हो ।
 

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुगेर एक घण्टापछि बाहिरिएका थिए । 
 

दुई नेताबीचको भेटका क्रममा प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् ।

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update