Public Pana
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो 

६० केजी सुन प्रकरणमा केन्दी्रय अनुसन्धान ब्युरो (सीर्आईबी)ले सोमवार कपिलबस्तुबाट सुमन खरेललाई पक्राउ गरेको छ । 

सीर्आईबीले उनलाई ६०.७१६ केजी सुन प्रकरणबाट नेपालबाट भारत पुर्याउने काममा गर्ने गरेको देखिएपछि पक्राउ गरेको हो । 

‘उनी (सुमन) भारतमा नेपालबाट सुन पुर्याउने मुख्य भूमिकामा देखिएका छन्,’ सीआईबी स्रोतले भन्यो, ‘उनको नेपालमा अन्य विभिन्न व्यक्तिसँग सम्पर्क देखिएको छ ।’ सीआईबीले भैरहवा एरपोर्ट हुँदै काठमाडौं ल्याएर आज मंगलवार थप अनुसन्धान गर्दैछ । उनले हङकङहुँदै नेपालबाट भारत पुर्याउने व्यवस्थापको भूमिका देखिएको छ ।

एनले बाहिरबाट आउने सुनलाई सीमा नाका कटाएर भारतीय एजेन्टसम्म पुर्याउने गरेको खुलेको हो । सीआईबीले उनीमाथी अनुसन्धान गरेपछि नेपालमा अरु को–को व्यक्ति जोडिएका छन् ? भन्ने कुरा खुल्ने सीआबीईको दाबी छ । 
हङकङ वा अन्य देशबाट नेपालहुँदै भारतमा जाने सुनको भुक्तानी तल्लोतहका तस्करहरूले गर्ने गरेको देखिएको छ ।

सुनमा लगानी गरेका साहुहरूलाई भरियाहरुले सम्बन्धित ठाउँमा पुर्याएपछि त्यहाँबाट क्रिफ्टो करेन्सीमार्फत भुक्तानी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

सीआईबीका अधिकारीहरुका अनुसार ६०.७१६ केजी सुन प्रकरणलगायत यसभन्दाअघि भएका सुन तस्करीमा चीनमा रहेका मुख्य लगानीकर्तालाई तल्लोतहका तस्करहरुले नै भुक्तानी  दिने गरेका छन् ।

‘साहुलाई सिधै तलका तस्करहरूले भुक्तानी दिने गरेको पाइएको छ । त्यो पनि ३४ अक्षरको क्रिफ्टो एकाउन्ट नम्बरमार्फत हुन्छ,’ सीआईबी स्रोतले भन्यो ।

अहिले विश्वमा २२ हजार ४९० प्रकारका क्रिफ्टो करेन्सी छन् । त्यसमा पनि स्टेबल क्रिफ्टोमार्फत् मात्रै सुनको भुक्तानी हुने गरेको प्रहरीको तथ्यले फेला पारेको छ ।

नेपालबाट हुने तस्करीमा घटबड नहुने क्रिफ्टो यूएसडीटीमार्फत् हुने गरेको छ । 

यसबाट सुनमात्रै नभएर इलेक्ट्रोनिक डिभाइस तथा सामानहरूको भुक्तानी पनि यसैमार्फत हुने गरेको देखिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update