Public Pana
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । 
 

कावासोतीका–२ की ६६ वर्षीय महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।
 

बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । 
 

चालू आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए । 
 

परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए ।

उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update