Public Pana
अफ्रिकी राष्ट्र इस्वाटिनीको भ्रमणमा निस्किइन् ताइवानी राष्ट्रपति साई

ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको चारदिने भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन म्वेनेतर्फ प्रस्थान गरेकी हुन् । 

ताइपेई अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति साईले हालैका वर्षहरूमा अधिनायकवादको विस्तार भइरहँदा थपिएका अन्तरराष्ट्रिय चुनौतीहरूको सामना गर्न इस्वाटिनीको साथ र सहयोग जुटाउन आफू त्यसतर्फ जान लागेको बताएकी छिन् । इस्वाटिनीले सधैं दृढतापूर्वक ताइवानलाई समर्थन गरेर हामीलाई आत्मविश्वास र  हौसला प्रदान गर्दै आएको उनले बताइन् । 

स्वदेश फर्कनुअघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् । 

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ । 

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ ।

सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।

पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update