Public Pana
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सीआईबीले लियो बयान : ६० किलो सुन तस्करी 

त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।

‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरीले जनाएको छ ।

सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

Dipesh-Puna_1693904321.jpgयसैबीच. विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग बयान लिएको छ । साउन ३ गते बरामद ६० किलो सुन तस्करी प्रकरणबारे त्यो बेला विमानस्थल भन्सार प्रमुख रहेका पोखरेलसँय सिआइबीले बयान लिएको हो ।

प्रमुख भए पनि पोखरेल हङकङबाट ६० किलो सुन तस्करी हुँदा बिदामा थिए । 

विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको विषयमा त्यतिबेला विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग जानकारी लिइएको हो ।

पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गरिसकेको छ।

arun-pokhrel1693907168.jpg

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update