Public Pana
कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘रोक’ !

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मासम्बन्धी अनुसन्धान तत्कालका लागि रोक अर्थात् ‘होल्ड’ भएको छ ।
 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार लिखत कीर्तेमा मुद्दा बुझाउने हद म्याद २ वर्ष हुने भएकाले तत्काल शर्माका सम्बन्धमा थप अनुसन्धान नहुने भएको हो ।
 

‘लिखत कीर्तेमा अनुसन्धानका लागि २ वर्षे हदम्याद छ । त्यो अवधिभित्र जहिले बुझाए पनि हुन्छ, अहिल्यै अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी छैन,’ सीआईबीले जनाएको छ । 
 

प्रमुख सत्ता साझेदार दलको सांसद भएकाले अनुसन्धान रोक्न दबाब आएकोले सीआईबी पछि हटेको विकल्प अवसर दिएको भन्ने आरोप लागेको छ । 
 

साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो । 
 

त्यसको भोलिपल्ट जिल्ला अदालत काठमडौंले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
 

सीआईबीले २ वर्ष अघि २०७८ साउन २० गते नेता शर्माको प्रमाणपत्रको बारेमा सत्यतथ्य बुझ्न भन्दै परीक्षा बोर्डमा पत्र पठाएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update