Public Pana
भारतले दियो नेपाली खेलाडीलाई मेडल

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत गएराति वर्षाले प्रभावित भएको समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल १० विकेटले पराजय भयो । 

ओभर छोट्याउँदा पनि मध्यरातिसम्म चलेको खेलका क्रममा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले ओभर छोट्याएको खेलमा बिनाक्षति पूरा गर्यो ।

श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन राम्रो थियो । 
मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे । जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए ।

त्यसक्रममा देखिएको अनौठो दृश्य के थियो भने भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए ।
खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ । भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे ।

जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन् । जसलाई नेपाल क्रिकेट संघ क्यानले पनि एउटा राम्रो अवसर भनेर भिडिओ सेयर गरेको छ । 

can-s1693897939.jpg

cccc1693897795.jpg

cr1693897215.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update