Public Pana
एमाले लुम्बिनी : मतदान जारी

बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अहिले मतदान चलिरहेको छ ।

अध्यक्ष सहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो ।
 

आज मंगलबार बिहान साढे ९ बजेदेखि मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । 

एमाले लुम्बिनीको अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा छ । 
प्रथम अधिवेशनमै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समूहको गुटबन्दी तलैसम्म देखिएको छ ।

दुई नेताले अधिवेशन उद्घाटका क्रममा कुनै गुटबन्दी नगरेको दाबी गरे पनि लुम्बिनीमा जिल्लासम्मै दुईवटा समूह बन्न पुगेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सभा र बन्द सत्रमा समेत सर्वसम्मत नेतृत्व छान्न दबाब दिए पनि दुई पक्ष तयार भएनन् । 

एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update