Public Pana
कांग्रेस प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेको प्रमुख सचेतकबाट राजीनामा

 नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिएका छन् । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई उनले राजीनामा बुझाएका हुन् । राजीनापछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन, ‘गतिशील र सवल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो ।प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

काफ्लेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ ९क० बाट निर्वाचित सांसद हुन् । नेविसंघका पूर्वमहामन्त्री रहेका आफ्ले कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update