एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल २३ ओभरको खेलमा विना विकेट २० ओभरमा १४७ रन बनायो ।
वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि अव २३ ओभरको मात्रै खेल भएको थियो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएका थियो ।
भारतका शुभमन गिल ६७ र रोहित शर्मा ७४ रन बनाएर खेल आफ्नो हातमा लिए ।
यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
आज सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।
१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो ।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।
२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे। पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।
९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए ।
गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए ।
सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे ।
२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने ।
आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए ।
५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।
सन्दीप लामिछाने ९ रनमा रनआउट भए। करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए। तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए । रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए ।
करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शून्यमै बोल्ड भए ।
भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे।
मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १-१ विकेट झारे।
कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेटविहीन रहे ।
भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।