Public Pana
थोरै लक्ष्य र सानो ओभरमा भारत अगाडी नेपालको आशा अझै मरेको छैन

नेपाल र भारतबीचको खेल  वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि अव २३ ओभरको मात्रै खेल शुरु भएको छ ।

भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । 
 

भारतले यो समाचार तयार पार्दासम्म १२ ओभरको खेलमा विना विकेट ८५ रन बनाएको छ । 

पावर प्ले ५ ओभरको हुनेछ । नेपालका तीन बलरले मात्रै ५ ओभर बलिङ गर्न पाउनेछन् ।

यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।
 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
 

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए ।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update