Public Pana
वर्षा रोकियो, खेल शुरु हुने संकेत

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा वर्षा रोकिएको छ । नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण एक घण्टा भन्दा बढी समय खेल रोकिएको छ । मैदानका कर्माचारी कभर हटाउने तयारी गरेका छन् ।
 

पुन वर्षा नभएको खण्डमा खेल हुनेछ । तर पुन वर्षा भएमा खेल हुने सम्भावना कम देखिन्छ । पुन खेल सुरु हुँदा ओभर घट्ने छ । झण्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ ।
 

ओभर घट्ला लक्ष्यपनि घट्नेछ । २० ओभरमाथि ओभर घट्ने अनुमान गरिएको छ । कभर हटाएपछि अम्पायरले मैदानको पुन निरिक्षण गर्नेछन् । त्यसपछि मात्रै खेल सुरु हुने समय र घट्ने ओभर थाहा हुनेछ ।

खेलको कट अफ टाइम अर्थात अन्तिम सुरु हुने समय १० : २० रहेको छ । नेपाली समय अनुसार राती १०ः ३५ सम्म खेल सुरु हुन नसके रद्द हुनेछ । त्यसअघि सुरु भएमा २० ओभर हुने सम्भावना रहन्छ । रद्द हुँदा भारत सुपर फोरमा पुग्नेछ ।
 

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ ।

शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।
 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
 

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update