Public Pana
सिटको भागबण्डा मिलाउन  कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं- आसन्न निर्वाचनमा सिटको भागबण्डा मिलाउन कंग्रेस नेतृत्वमा गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक बस्न लागेको हो । 

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । 

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।


 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update