Public Pana

नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुगमनका लागि समिति बनाएको छ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 
 

उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । 
 

समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update