Public Pana
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य, जित्ने संभावना अझै

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ ।
 

आज सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।
 

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो । 
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । 

 

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।
२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे। पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो । 

 

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए । 
गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए । 
सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे । 

 

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने । 
आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए ।

 

५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए । 
सन्दीप लामिछाने ९ रनमा रनआउट भए। करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए। तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए । रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए ।
करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शून्यमै बोल्ड भए ।
भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे। 
मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १÷१ विकेट झारे।

कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेटविहीन रहे । 

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

acc1693840451.jpg


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update