Public Pana
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो

एसिया कप क्रिकेटमा नेपाल र भारतविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको छ । 

३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको छ। ३७.५ ओभरमा नेपाल ६ विकेट गुमाएर १७८ रनको अवस्थामा छ।

दिपेन्द्र सिंह ऐरि २७ र सोमपाल कामी ११ रनमा नटआउट छन्। 

यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो । 

नेपालका ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ रनमा क्याच आउट भए। गुलसन झाले २३ रन थपे। भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।  
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update