Public Pana
सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’

लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ पेज अकस्मात बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो । 

आज सोमबार  उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको छ । 

उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन। स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update