Public Pana
नेपालको रातो संकेत :  गुलसन झा ६ विकेटसहित आउट

भारतविरुद्ध २३ रन बनाएका नेपालका गुलसन झा क्याच आउट भए। एसिया कपमा भारतविरुद्ध छैटौँ विकेटका रुपमा नेपालले गुलसनलाई गुमाएको हो।

३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए । 
 

भारतविरुद्ध दोहोरो अंकको स्कोर छुने गुलसन तेस्रो खेलाडी हुन्।

यसअघि ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ बलमा क्याच आउट भएका थिए ।

नेपालको ३३ ओभरमा ६ विकेट गुमाउँदै मात्र १४४ रन छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update