Public Pana
नेपालको झर्यो ५ विकेट :  आसिफ शेख करिब ६० रन बनाउँदै आउट भए

एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका हुन् ।

उनी ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे । उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका हुन् । 

एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्, आसिफ शेख । उनले ८८ बलमा अर्धशतक पूरा गरेका थिए । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । 

२२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ५० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् ।

एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।

यो समाचार तयारपार्दासम्म नेपालले ५ विकेट गुमाउँदै ३१ ओभरमा १४० रन बनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update