Public Pana
आसिफ शेखको अर्धशतक : एसिया कप क्रिकेट

नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।

उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ४ विकेट गुमाएर १२७ रन बनाएको छ । अहिलेसम्म २८ ओभर सकिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update