Public Pana
भारतविरुद्ध नेपालको सानदार सुरुवात

नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध सानदार सुरुवात गरेको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ३४ रन बनाएको छ ।

कुशल भुर्तेल १७ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा छन् । आसिफ शेख २५ बलमा १ चौकासहित ८ रनमा क्रिजमा छन् ।

त्यसअघि नेपालका ओपनरले तीन जीवनदान पाई सकेका छन् । कुशल भुर्तेलले दुई र आसिफले एक जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले कुशल भुर्तेललाई ब्यक्तिगत एक रनमा जीवनदान दिएका थिए ।

दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए । कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले सर्ट कभरमा जीवनदान दिन पुगेका थिए ।

शामीको पाँचौं ओभरको दोस्रो बलमा लेग साइडमा खेलेको बल विकेटकिपर ईशान किशनले पुन छाड्न पुगेका थिए । कुशलले दोस्रो जीवनदान ब्यक्तिगत ७ रनमा पाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update