Public Pana
विना विकेटको क्षतिमा ३३ रन नेपालको 

नेपाली टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एक दिवसीय क्रिकेटमा १ हजार रनको आँकडा पूरा गरेका छन् ।
 

एसिया कपअन्तर्गत भारतविरुद्ध ८ रन हानेपछि हजार रनको आकडा छोएका हुन् ।

नेपालले समाचार तयार पार्दासम्म कुशल २२ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभर २ बलमा विना विकेटको क्षतिमा ३३ रन जोडेको छ । 

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
 

वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update