Public Pana
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपमा आज सोमबार विश्व क्रिकेटको महारथी भारतको सामना गर्दैछ । 
श्रीलंकाको पाल्लेकेले स्टेडियमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुँदैछ ।

भारतविरुद्धको खेल नेपाली टोलीसहित नेपालका क्रिकेट प्रेमीका लागिसमेत बहुप्रतिक्षित खेल हो। त्यसैले भारतसँगको खेलका लागि सबै उत्साहित छन् । 

भारतविरुद्धको खेलअघि नेपाली टोलीका लागि पुरस्कार घोषणा गर्नेको होडबाजी देखिएको छ ।
व्यक्तिगतदेखि व्यवसायिक मात्र होइन, नगरस्तरबाट समेत नेपाली टोलीका लागि पुरस्कार घोषणा भइरहेका छन् ।
भारतविरुद्ध जित निकाले लाखौँ पुरस्कार दिनेदेखि शतक हान्ने र विकेट लिने खेलाडीका लागि पुरस्कार घोषणा गर्न धेरै हतारमा देखिन्छन् । 

अर्ना वियरले भारतविरुद्धको प्रतिस्पर्धामा प्रत्येक छक्का प्रहार र विकेट लिने खेलाडीलाई १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

अर्नाले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो। खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका अर्ना वियरले जनाएको छ ।
उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पनि नेपाली खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन (सतक) प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १-१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ । 

यसैबिच क्रिकेटरलाई यसअघि दिने भनिएको पुरस्कार नै सरकारले अझैसम्म दिन सकेको छैन । 
नेपाल आज हारेमा समुहचरणबाट बाहिरिने छ ।
nepali-cricket-fan-i1693819557.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update