Public Pana
नेपालविरुद्ध भारतले पहिला बलिङ गर्दै

नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो ।

नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।


रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।


nepal india1693818900.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update