Public Pana
संसदमा क्रिकेटको चर्चा 

आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतको विरुद्धको खेलका लागि जितको शुभकामना दिएका छन् ।

शुभकामना दिने क्रममा नेकपा (एमाले)का सांसद रघुजी पन्तले क्रिकेट खेलाडीको लागि नेपालले आधारभूत आवस्यकता नदिएको गुनासो गर । खेलाडीको लागि क्रिकेट मैदान र पारिश्रमिकहरू नदिएर अपेक्षा मात्र राख्ने गरिएको उनको गुनासो थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खेलाडीका लागि दिने भनिएको १७ लाख रुपैया तत्काल उपलव्ध गराउन सरकारसँग आग्रह गरेका गरे । 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले नेपाली खेलाडीहरू भोकभोकै खेल्न बाध्य रहेको भन्दै बाचा गरेको रकम तत्काल उपलव्ध गराउन माग गरेका हुन् ।

यसैगरी एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि नेपाली टोलीलाई शुभकामना दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल पनि शुभकामना दिँदै खेलाडीको मेहनतको प्रशंसा गरे ।
उनले खेलाडी र तिनका अविभावकको जोडबलले क्रिकेटको साख जोगिएको बताए । उनले पनि खेलाडीहरूलाई उचित तलब नभएको भन्दै सरकारको विरोध गरे ।  

नेपाल र भारतबीच एसिया कप क्रिकेट अन्तर्गतको  बहुप्रतीक्षित खेल आज दिउँसो ३ः१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रशंग उठेको हो ।  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update