Public Pana
रास्वपका सभापति रविले श्रीलंकामा नेपाली राष्ट्रिय टिमलाई दिए शुभकामना 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने नेपाली राष्ट्रिय टिमलाई शुभकामना दिएका छन् ।

खेलाडीको हौसला बढाउन हिजो श्रीलंका प्रस्थान गरेका उनले आज सोमबार केहिबेरमा हुने एशिया कप अन्र्तगत नेपाल र भारतबीचको खेलका लागि शुभकामना दिएका हुन् ।

पहिलो खेलमा नेपालले पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेका हुन् । सबैले नेपाली टिमलाई शुभकामनासँगै हौसला समेत प्रदान गरेका छन् । 

पूर्व क्रिकेटर शक्ति गौचनपनि नेपाली खेलाडिलाई हौसला बढाउन श्रीलंका पुगिसकेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update