Public Pana
केही ठाउँमा भारी वर्षाको सम्भावनाले सतर्क रहन अपिल

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 

त्यस्तै भोली मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्क रहन अनुरोध छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update