Public Pana

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताउनुभएको छ । 

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताउनुभयो । उहाले मलकारखाना अध्ययन गर्न लगानी बोर्ड मार्फत दुई कम्पनीलाई अनुमति दिइएको उहाले बताउनुभयो ।

उहाले बाँझो जमिन उपभोग कार्यक्रम, कृषि बिकास उद्यमशिलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको धारणा राख्नुभयो

कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उहाले जानकारी दिनुभयो ।

मन्त्री भुसालले लम्पी स्किन रोगको उपचार प्रभावकारी रुपमा गरिएकाले रोगको संक्रमण कम हुदै गएको र स्वदेशमा नै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

उहाले मुलुकलाई चाहिने भन्दा १२ लाख ८० हजार मेट्रिक टन उत्पादन भइरहेको र अहिलको चैते धानको उत्पादनलाई दोव्वर बनाए करिव ७ लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताउनुभयो ।

त्यस्तै बिभिन्न देशहरुसंग कृषि क्षेत्रमा सहयोग र सम्भावनाबारे छलफल गरिएको उहाको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update