Public Pana
ललिता निवासको अभियोग पत्र सच्याउन पत्र

सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा प्रकरणको आरोपपत्र सच्याउन जिल्ला अदालतलाई अनुरोध गरेको छ ।

अभियोगपत्रमा त्रुटि देखिएको भन्दै कार्यालयले जिल्ला अदालतमा पत्र पठाएर आरोपपत्र सच्याउन अनुरोध गरेको हो ।

केही आरोपितहरुको बिगो मागदावी घटाएको छ । संशोधन निवेदनबाट पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै मागदाबी भएको छ ।

सरकारी वकिलको दाबी अनुसार, सीआईबीले विवरण फरक परेको थाह भएपछि सच्याइदिन आग्रह गरेको थियो । आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।

साथै प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update