Public Pana

नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवार सरकार र राष्ट्र बैक दुवै भएको आरोप लगाएको छ ।


आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र चलायमान बनाउनलाई वित्त र मौद्रिक नीतिविच समन्वय हुनुपर्ने भएपनि दुवै निकायविच सहकार्य नभएको समेत जनाएको छ ।
सरकारको अव्यवहारिक नीति र राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र दुखद अवस्थामा आइपुगेको महासंघले जनाएको छ ।


महासंघले सेयर बजारमा लगाउँदै आएको १२ करोडको कर्जा सीमाको नीति खारेज र यस्तो कर्जाको जोखिम भार १०० नै कायम गरि अर्थतन्त्रलाई चलायमान गराउनु पर्ने उल्लेख माग गरेको छ भने अहिले देखिएको उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।


महासंघले वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्दार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित सरकारले ठोस कार्य गरि अर्थतन्त्र चलायमान बनाउन माग गरेको छ ।


महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यवसायीहरु आर्थिक समस्याको मारमा परे पनि राज्य गम्भीर हुन नसकेको जिकिर गरे ।


पत्रकार सम्मेलनमा महासंघले ग्रामीण भेगमा गरिव किसानहरुले लघुवित्तमार्फत परिचालन भएको लघु ऋणी र लघुवित्त संस्थाहरुको समस्या समाधानमा कुनै वास्ता नगरेको गुनासो गरेको छ ।


निर्माण ब्यवसायीलाई निर्माण सम्पन गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्मण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update