Public Pana

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले  लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताउनुभयो ।

लैङ्गिक समानताका विषयमा कार्यक्रम तर्जुमा गर्न र अनुगमन मूल्याङ्कनका लािग महिला मन्त्रालय, महिला आयोग लगाएत सरोकारवाला निकायबीच समन्वयन गर्न पनि निर्देशन दिइएको उहाले बताउनुभयो ।

बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएमा थिए । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update