Public Pana
सोल्टी होटल सहित केही वित्तिय संस्थाको कारोबार राम्रो 

साताको पहिलो दिन आज आइतबार शेयर बजारको परिसूचक नेप्से र सबै उपसमूहका सूचक घटेका छन् ।

नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६० अंकमा कायम भएको छ ।

कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटे । जम्मा ८ कम्पनीको मूल्य बढ्दा २१२ को घट्यो भने ८ को स्थिर रहृयो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । 

कारोबार रकमका आधारमा क्रमैसँग सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक अगाडि रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update