Public Pana
अण्डाको मूल्य बढ्यो 

बजारमा अण्डाको मूल्य बढेको छ । प्रतिकोटा २१ रुपैयाँ रहेको नेपाल लेयर्स कुखुरा पालक संघ चाबहिलले जनाएको छ ।

यसअघि नेपाली बजारमा कुखुराको अण्डाको बिक्री मूल्य चितवनमा कार्यालय रहेको नेपाल अण्डा उत्पादक संघले तोक्ने गथ्र्यो । शिवराम केसी नेतृत्वको उक्त संघले २ भदौमा अण्डाको उपभोक्ता मूल्य तोकेको थियो ।
 

३ भदौदेखि लागु भएको मूल्यअनुसार ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४३० रुपैयाँ र मझौलाको ४१० रुपैयाँ तोकिएको छ ।

संघको सूचनाअनुसार अण्डाको औसत प्रतिगोटा उपभोक्ता बिक्री मूल्य १७ रुपैयाँ पर्नुपर्ने हो ।

गत वर्ष चैत २०७९ देखियता अण्डाको प्रतिगोटा मूल्य औसत १५ रुपैयाँ हाराहारी थियो ।

तर १४ असारमा चितवनको संघले अण्डाको मूल्य प्रतिगोटामा २ रुपैयाँले बढाएर १७ रुपैयाँ तोकेको थियो ।

२ भदौमा पुनः संघले पुरानै मूल्य नेपालभरको उपभोक्ता मूल्य भन्दै सार्वजनिक गरेको थियो ।

केही दिन अघिसम्म ४८० रुपैयाँ प्रतिक्रेटमा पाइने अण्डाको मूल्य काठमाडौंको संघले नयाँ मूल्य तोकिदिएपछि प्रतिक्रेट मूल्य ५०० सय रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update