Public Pana

भक्तपुरको थिमिमा मल्लकालीन थिमिमा भैरव नाच (भैलः प्याखँ) देखाइएको छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ ।
मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । 

मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको थिमि भैल चपाचो २०८० व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो । उहाले कला संस्कृति जोगाउनका लागि नाचलाई परम्परा दिन युवाहरुबाट सहयोग प्राप्त भएको बताउनुभयो ।  

थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update