Public Pana
यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीले दिए चुनौती

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रस्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न सरकारलाई फेरि चुनौती दिएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कुन जग्गा कसको पालामा लिएको थियो भन्ने विवरणसमेत खुलाउँदै चाँडो छानबिन गर्न चुनौती दिएका हुन् ।

ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताए । त्यस्तै दरवारमार्गको जग्गा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको समेत ओलीले बताए ।

ओलीले राष्ट्रिय पुँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै तस्करीमा संलग्न सरकारले गरिब नेपालीले गरिखाएको देख्न नसकेको आरोपसमेत लगाए ।

यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए ।

अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ ।

यसैबीच.एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, रहेकोले मतदान भोलि हुने भएको छ ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

uml-Lumbini-1693737984.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update